सुदूर नेपाललाई विश्वसँग जोड्दै

लागूऔषध र हातहतियार मुद्दामा फरार कैलालीका २ जना पक्राउ

२०८२ कार्तिक २०, ०७:२६ खबर संवाददाता

धनगढीः लागूऔषध र हातहतियार मुद्दामा फरार कैलालीका २ जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा हातहतियार तथा खरखजना मुद्दामा २४ दिन कैद सजाय र १० हजार जरिवाना तोकिएको कैलालीको कैलारी गाउँपालिका-८ पृथ्वीपुर बस्ने दयाराम चौधरी र लागूऔषध मुद्दामा १९ दिन कैद सजाय तोकिएका सोही ठाउँ बस्ने रिता कठरिया रहेको प्रहरीले जनाएको छ। जिल्ला अदालत कैलालीको बिभिन्न मितिको फैसलाले कैद सजाय तथा जरिवाना ठहर भई फरार रहेका दुबै जनालाई इलाका प्रहरी कार्यालय हसुलिया, कैलालीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको बताइएको छ।

कमेन्ट लोड गर्नुस