सुदूर नेपाललाई विश्वसँग जोड्दै

डोटीमा भिरबाट लडेर एक जनाको मृत्यु

। फोटो स्रोत ।
२०७६ साउन १९, १२:०४ खबर संवाददाता

डोटीमा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ। जिल्लाको बोगटान गाउँपालिका वडा नम्बर ५ का ५० बर्षीय गोरे बराल सुनारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायव उपरिक्षक लालबहादुर धामीले बताए।

उनका अनुसार शनिबार राति पौने १० बजेको समयमा केआई सिंह गाउँपालिका वडा नम्बर ५ बाट घर फर्किरहेका बरालको बोगटानकै धिर्कामाण्डौं स्थित गणेशकाँडाको जगंलमा बाटोबाट करिब १५ मिटर तल लड्दा मृत्यु भएकको हो। 

मृतककी श्रीमती जमुना बराल सुनारले आईतबार बिहान चवराचौतारा प्रहरीलार्ई खबर गरेकी थिईन। चवराचौतारा प्रहरी चौकीबाट झण्डै ६ घण्टा टाढाको दुरीमा रहेको उक्त घटनास्थलतर्फ प्रहरी टोली पठाईएको छ। 
 

कमेन्ट लोड गर्नुस