सुदूर नेपाललाई विश्वसँग जोड्दै

उग्रतारामा आज रतेडी मेला, भोलि देहिजाँत

२०८२ कार्तिक १८, १२:५३ खबर संवाददाता

धनगढी – सुदूरपश्चिम प्रदेशको प्रसिद्ध शक्तिपीठ उग्रतारा भगवती मन्दिरमा आज रतेडी मेला लाग्दै छ। हरेक वर्ष कार्तिक शुक्ल पूर्णिमाको रात रतेडी मेला र दोस्रो दिन दिउँसो देहिजाँत (दिउसेडी मेला) मनाइन्छ।

यस वर्ष कात्तिक १८ गते, अर्थात् आज, रतेडी मेला लाग्ने जानकारी उग्रतारा मन्दिरका पुजारी पण्डित लोकराज भट्टले दिएका छन्। उनले भनेअनुसार, छचोडा, खनमडा, दुमडा र जिलोडा नामक चार गाउँमा उग्रतारा भगवती माताको भ्राण ९देउरो भण्डार० रहेको छ। ती चार गाउँबाट रतेडी मेलामा १९ गते बिहान ४ बजेको समयमा देउरो मन्दिर पुग्नेछ र त्यसपछि दिउँसो देहिजाँत मेला सुरु हुनेछ।

पण्डित भट्टका अनुसार, बिहान पूजाआजापछि भगवती माताको गाँज मन्दिरमा र विशेष चार स्थानमा बाजागाजा सहित घुमाइन्छ। दिउँसो चार गाउँबाट ल्याइएको माता भगवतीको देउरो बेलुका पुनः चार गाउँको भ्राणमा लगेर राखिएपछि मेला सम्पन्न हुनेछ।

कमेन्ट लोड गर्नुस