कञ्चनपुरका गणेशको घरमा ७ ग्राम बढी खैरो हेरोइन फेला, ६ जना पक्राउ
कञ्चनपुरः कञ्चनपुरका गणेश बोहराको घरमा ७ ग्राम बढी खैरो हेरोइन फेला परेका छ।
कञ्चनपुरको कृष्णपुर नगरपालिका–५ गुलरिया बस्ने २१ वर्षीय गणेश बोहराको घरभित्र खानतलासी गर्दा घरको ग्यालरीमा लुकाई छिपाई राखेको अवस्थामा ७ ग्राम ३४० मिलिग्राम लागूऔषध खैरो हेरोइन फेला पारी प्रहरीले बरामद गरेको छ।
बोहरासहित सोही घर भित्र शंकास्पद रुपमा बसिरहेको अवस्थामा सोही ठाउँ बस्ने २३ वर्षीय मिलन भट्ट, २२ वर्षीय रिदम भट्ट, ३२ वर्षीय हर्क देउवा, २१ वर्षीय पारस जोशी र कृष्णपुर नगरपालिका–६ बस्ने ३० वर्षीय गणेशबहादुर बिष्ट समेत ६ जनालाई उक्त पदार्थसहित लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय महेन्द्रनगर र इलाका प्रहरी कार्यालय गुलरिया, कञ्चनपुरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ।