सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीबाट बझाङ जाँदै गरेको बस र पेट्रोल ट्याङ्कर आपसमा ठोक्किए

२०८२ कार्तिक १७, ०४:५९ खबर संवाददाता

धनगढी :  धनगढीबाट बझाङतर्फ जाँदै गरेको बस र ट्याङ्कर ठोकिएका छन्।

सुदूरपश्चिम प्रदेश ०१००१ ख १२६१ नम्बरको बस र पहाडबाट तराईतर्फ आउँदै गरेको म प्र ०१००१ क ७५९९ नम्बरको पेट्रोल ट्याङ्कर भीमदत्त राजमार्गको फल्टुडे-सहजपुर खण्डमा एकआपसमा ठोक्किएका हुन्।

जिल्ला प्रहरी कार्यालय, कैलालीका अनुसार दुर्घटनापछि अवरुद्ध भएको भीमदत्त राजमार्ग सुचारु भएको छ। दुर्घटनामा मानवीय क्षति भएको छैन।

 

 

 

 

कमेन्ट लोड गर्नुस