धनगढीमा बिजुली पोल गाड्ने क्रममा करेन्ट लागेर युवाको मृत्यु
कैलाली: धनगढी उपमहानगरपालिका–७ जेबी चोकमा बिजुली पोल गाड्ने क्रममा आइतबार साँझ करेन्ट लाग्दा एक युवाको मृत्यु भएको छ ।
करेन्ट लागेर गम्भीर घाइते भएका गोदावरी नगरपालिका–९ निवासी १८ वर्षीय अमृत चौधरीको उपचारको क्रममा मृत्यु भएको हो । उनलाई गम्भीर अवस्थामा संजिबनी अस्पताल कैलालीमा भर्ना गरिएको थियो, तर चिकित्सकले उपचारकै क्रममा मृत घोषणा गरेका थिए ।
घटनाको सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान जारी राखेको जनाएको छ ।