धनगढीमा मदिरा व्यवसायी, बैँक र आन्तरिक राजश्वबिच अन्तरक्रिया

मदिरा व्यवसायी संघ कैलालीले बैंक तथा वित्तिय सस्था र आन्तरिक राजश्व कार्यालयसंग अन्तरक्रिया गरेको छ। मदिरा व्यवसायीका समस्या तथा नयाँ कर नीतिका बारेमा संघले धनगढीमा अन्तरक्रिया गरेको अध्यक्ष पुष्कर भाटले बताए। भाटको अध्यक्षतमा भएको कार्यक्रममा धनगढी उप–महानगरपालिकाका मेयर नृपबहादुर वड प्रमुख अतिथि रहेका थिए। अन्तरक्रिया कार्यक्रममा आन्तरिक राजश्व कार्यालयका कर्मचारी तथा विभिन्न बैँकका कर्मचारीहरुको सहभागिता रहेको थियो।




