सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रधान सेनापतिद्वारा दज्र्यानीचिन्ह प्रदान

२०८२ कार्तिक १६, ०२:२५ रासस

काठमाडौँ : प्रधान सेनापति अशोकराज सिग्देलले उपरथी दर्जामा पदोन्नति भएका सहायक रथी हिम्मतबहादुर बिष्ट र सहायक रथी विष्णुकुमार खड्कालाई जङ्गी अड्डामा आयोजित आज आयोजित कार्यक्रममा दज्र्यानी चिन्ह प्रदान गरेका छन्।

प्रधान सेनापतिले सोही अवसरमा महासेनानी दर्जामा पदोन्नति भएका पाँचजना प्रमुख सेनानीलाई समेत दज्र्यानी चिन्ह प्रदान गर्नुभएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।

कार्यक्रममा बलाधिकृत, बलाध्यक्ष, रथीवृन्द, अधिकृतहरुका साथै पदोन्नति हुनुभएका रथीवृन्द तथा अधिकृतका परिवारजनको उपस्थिति थियो।
 

कमेन्ट लोड गर्नुस