धनगढीमा रक्तदान, एक सय सात पिन्ट रगत संकलन
धनगढीमा आज आयोजना गरिएको रक्तदान कार्यक्रममा एक सय सात पिन्ट रगत संकलन भएको छ। नैनादेवी युवा क्लले आयोजना गरेको रक्तदान कार्यक्रममा एक सय सात जनाले रक्तदान गर्दै रगत संकलन भएको हो। कार्यक्रममा धनगढी उप–महानगरपालिकाका मेयर नृप वड, प्रवक्ता सन्तोष मुडभरी लगायतको पनि सहभागीता रहेको थियो।
धनगढीमा रगतको अभाव बढ्दै गएकाले रक्तदान कार्यक्रमको आयोजना गरिएको आयोजक नैनादेवी युवा क्लवका अध्यक्ष जितेन्द्र बोगटीले बताए।