सुदूर नेपाललाई विश्वसँग जोड्दै

मोटरसाइकलको हेडलाईट भित्र लुकाएर लागू औषध ओसार्दै, कैलालीबाट दुई जना पक्राउ

२०८२ कार्तिक १६, १०:५९ खबर संवाददाता

कैलाली:  कैलालीमा प्रहरीले मोटरसाइकलको हेडलाईट भित्र लुकाइएको लागू औषध सहित २ जना पक्राउ गरेको छ।

शनिवार साँझ टीकापुर नगरपालिका – ९ खक्रौला भन्सार चेकपोस्ट स्थित बा.७५ प. ८९२९ नम्बरको मोटरसाइकलको हेड लाइटको कबर भित्र लुकाई राखेको लागू औषध सहित २ जना पक्राउ परेका हुन।

पक्राउ पर्नेमा मोटरसाइकल चालक जानकी गाउँपालिका–९ अमरावतीका २२ वर्षीय टेक बहादुर साउँद र मोटरसाइकल पछाडि सवार सोही २५ वर्षीय रमेश टमाटा रहेको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ।

दुवै जनाको साथबाट ४ ग्राम ९७० मिलिग्राम लागू औषध खैरो हेरोइन बरामद गरिएको छ। दुवै जनालाई प्रहरी चौकी कालाकुण्डा कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको थियो।
 

कमेन्ट लोड गर्नुस