सुदूर नेपाललाई विश्वसँग जोड्दै

राष्ट्र बैंकले २० अर्ब निक्षेप सङ्कलन उपकरणको बोलकबोल गर्ने

। फोटो स्रोत ।
२०७६ साउन १८, ०४:२८

नेपाल राष्ट्र बैंकले २० अर्ब रुपैयाँ बराबरको निक्षेप सङ्कलन उपकरणको बोलकबोल गर्ने भएको छ। केन्द्रीय बैंकका अनुसार यही साउन १९ गते १५ दिनका लागि निक्षेप सङ्कलन उपकरणको बोलकबोल गरिने भएको छ। बैंकले त्यसलाई निक्षेप सङ्कलन उपकरणको नाम दिएको छ।

घटीमा पाँच करोड रुपैयाँ र बढीमा पाँच करोड रुपैयाँले भाग गर्दा निशेष भाग जाने गरी कूल आह्वान रकमसम्म आवेदन दिन सकिने बैंकले जनाएको छ। निक्षेप सङ्कलनको बोलकबोल ब्याजदरमा गर्नुपर्ने र बहुब्याजदरमा पनि गर्न सकिने व्यवस्था गरिएको छ।

यो बोलकबोल प्रक्रियामा क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउने व्यवस्था गरिएको केन्द्रीय बैंकले जनाएको छ। निक्षेप सङ्कलनको रकम सम्बन्धित बोलवालाको लगानी हुने भएकाले यो रकमलाई अनिवार्य नगद मौज्दातमा गणना गर्न नपाइने बैंकले जनाएको छ। रासस
 

कमेन्ट लोड गर्नुस