अत्तरिया स्थित प्रतिभा सामुदायिक पुस्तकालयको अध्यक्षका लागि तीन जनाको उम्मेदवारी
अत्तरियाः कैलालीको अत्तरियामा रहेको प्रतिभा सामुदायिक पुस्तकालयको अध्यक्षका लागि तीन जनाले उम्मेदवारी दिएका छन। शनिबार पुस्तकालयको १६ औं साधारण सभामा अध्यक्षका लागि ३ जनाले उम्मेदवारी दिएका हुन।
अध्यक्षमा दिर्घराज भट्ट, भुपेश जोशी र यज्ञराज हमालले उमेदवारी दर्ता गरेका छन। त्यस्तै उपाध्यक्षमा नरेन्द्रराज शर्मा र टेकराज भट्टको उमेदवारी परेको छ भने सचिवमा धर्मसिंह कुवर र लिलाधर बास्कोटाले उमेदवारी दिएका छन।
कोषाध्यक्षमा जयराज फुलारा र कमला भट्टराईको उमेदवारी परेको छ। सह सचिवमा हेमन्तराज जोशीको उमेदवारी परेको छ । सदस्यहरुमा शेरसिंह खड्का, रामचन्द्र जोशी, नरेन्द्र बहादुर बोहरा, तपराज ओझा र खिमादेवी ओझाले उमेदवारी दर्ता गरेका छन् ।
यसअघि सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका उपकुलपति टिएन जोशीले साधारण सभाको उद्घाटन गरेका थिए। पुस्तकालयका अध्यक्ष पुष्पराज जोशीको सभापतित्वमा आयोजिता कार्यक्रममा उपकुलपति जोशी प्रमुख अतिथी रहेका थिए।
पुस्तकालयको साधारण सभा पहिलो पटक गत भदौ ७ गते शनिबार बोलाइएकोमा उक्त दिन आवश्यक गणपूरक संख्या नपुगी स्थगित भएको थियो भने भाद्र २८ गते दोस्रो पटक बोलाइएकोमा देशमा फेरिएको परिस्थितिका कारण स्थगित गरिएको थियो। त्यस्तै असोज २५ गते बोलाइएको १६औं साधारण सभामा पनि आवश्यक गणपूरक संख्या नपुगी स्थगित हुन पुगेको थियो। संस्थाका ५ सय ९१ आजिबन सदस्य रहेका छन्।