सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीबाट फर्कियो जाँचबुझ आयोगको टोली

२०८२ कार्तिक १५, १२:५३ खबर संवाददाता

धनगढी: जेन्जी आन्दोलनका क्रममा भएको क्षतिको विवरण संकलन तथा सरोकारवालासँग अन्तरक्रियाका लागि कैलाली आएको जाँचबुझ आयोगको टोली फर्किएको छ। भदौ २३ र २४ मा भएको जेन्जी आन्दोलनमा भएको क्षतिको संकलन गरेर टोली शनिवार काठमाडौं फर्किएको हो।

छानबिन टोलीले शुक्रवार धनगढीमा सरोकारवालासँग छलफल गरेको थियो। सो क्रममा जाँचबुझ आयोगका सदस्य विश्वेश्वरप्रसाद भण्डारीले जेन्जी आन्दोलनका क्रममा साढे दुई खर्ब बराबरको भौतिक क्षति भएको प्रारम्भिक अनुमान रहेको बताए।

छलफलमा उनले सरकारी निकायमा आगजनी हुँदा भौतिक क्षतिसँगै राज्यका निकै महत्त्वपूर्ण कागजात जलेर नष्ट भएको बताए। आन्दोलनमा भएको दमन, हिंसात्मक गतिविधि, भौतिक क्षतिलगायत विषयमा आयोगले विस्तृत अध्ययन गरिने बताए।
छानबिन टोलीले कैलाली र कञ्चनपुरमा भएको क्षतिको विवरण संकलन गरेर फर्किएको छ।

कमेन्ट लोड गर्नुस