सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुर्खेतमा आमाको हत्या गरेको आरोपमा छोरा पक्राउ

२०८२ कार्तिक १४, ०२:२१ खबर संवाददाता

धनगढी: आफ्नै आमाको हत्या गरेको आरोपमा सुर्खेतको भेरीगंगा नगरपालिका–१२ मसिनाटोलका ३० वर्षीय कबिराम बस्नेतलाई प्रहरीले पक्राउ गरेको छ।

प्रहरीका अनुसार उनले आफ्नी आमा ५० वर्षीया धनिकला बस्नेतमाथि फरूवा प्रहार गरेका थिए। उक्त घटनामा गम्भीर घाइते भएकी धनिकलालाई उपचारका लागि कर्णाली प्रदेश अस्पताल कालगाउँ, सुर्खेत लगिएकोमा उपचारको क्रममा उनको मृत्यु भएको हो।

घटनाबारे जानकारी पाएपछि इलाका प्रहरी कार्यालय छिन्चुबाट खटिएको टोलीले कबिरामलाई शुक्रबार बिहान नियन्त्रणमा लिएको थियो। यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
 

कमेन्ट लोड गर्नुस