बैतडी समाज कैलालीले धनगढीमा रक्तदान कार्यक्रम गर्दै
बैतडी समाज कैलालीले धनगढीमा रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ। बैतडी समाजले आउँदो साउन २५ गते धनगढीमा रक्तदान कार्यक्रम आयोजना गर्ने जनाएको हो। रक्तदान कार्यक्रमका संयोजक राजु चन्दले पछिल्लो समय स्वास्थ्य संस्थामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै कार्यक्रम आयोजना गरिन लागेको बताए।
उनले साउन २५ गते बिहान साढे आठ बजेदेखि धनगढी स्थित होटल जलसा अगाडी हुने रक्तदान कार्यक्रममा सहभागी भई रगत दान गर्दै जीवन दान गर्न सबैमा आग्रह समेत गरेका छन्। बैतडी पुख्यौली घर भई कैलालीमा बस्दै आएकाहरुले संगठीत भई स्थापना गरेको बैतडी समाज बेला बखत विभिन्न किसिमका सामाजिक कार्य गर्दै आएको छ। समाजले बैतडीमा हरेक वर्ष बृहत स्वास्थ्य शिविर, आवश्यकता अनुसार कैलालीमा रक्तदान लगायतका कार्यक्रम गर्दै आएको छ।