बैतडीमा वेवारिसे अवस्थामा भेटिएको शवको पहिचान
बैतडीमा वेवारिसे अवस्थामा फेला परेको शवको पहिचान भएको छ। मृत भेटिनेमा पाटन नगरपालिका वडा नं ४ का ४५ वर्षीय तेज बहादुर ऐर रहेको प्रहरीले जनाएको छ। पाटन नगरपालिकाकै वडा नम्बर ६ भीटा भिरबाट लडेर भीरमा अड्केको अवस्थामा उनको शव फेला परेको थियो। ईलाका प्रहरी कार्यालय पाटनका निमित्त इन्चार्ज विरभद्र खडायतले ऐरको शव परिक्षणका लागि पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको जानकारी दिए। मृतकका परिवारलाई पनि खबर भईसकेको उनले बताए।