सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीमा अज्ञात समूहद्धारा नेपाल टेलिकमको टावरमा आगजनी

२०७६ साउन १८, ०१:०६ खबर संवाददाता

बैतडीमा अज्ञात समूहले नेपाल टेलिकमको टावरमा आगजनी गरेको छ। जिल्लाको डिलाशैनी गाउँपालिका वडा नम्बर ४ मठैराजमा रहेको टेलिकमको टावरमा शुक्रबार राति अज्ञात समूहले आगजनी गरेको प्रहरीले जनाएको छ। आगजनीबाट टावरको व्याट्री, फार्ईवर लगायतमा क्षती पुगेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरिक्षक दिपक पातलीले जानकारी दिए। तर आगजनी कसले र किन गर्यो भन्ने कुरा खुल्न नसकेको उनले बताए। घटनाको अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ। यसअघि विप्लव समूहले एनसेलका टावरमा आगजनी गरेको थियो।  

कमेन्ट लोड गर्नुस