सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा दुई किशोर खैरो हिरोइनसहित पक्राउ

२०८२ कार्तिक १२, ०८:१३ खबर संवाददाता

धनगढीः धनगढीमा दुई किशोर लागूऔषध खैरो हिरोईनसहित पक्राउ परेका छन्।

धनगढी उपमहानगरपालिका–१२ को जुगेडा कटानबाट सोही ठाउँ बस्ने दुई जना किशोरलाई खैरो हिरोईनसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको टोलीले बुधवार दिउँसो १९ वर्षीय आकाश चौधरी र १८ वर्षीय किशोरलाई २ ग्राम ८५० मिलिग्राम खैरो हेरोइनसहित फेला पारी पक्राउ गरेको जनाएको छ।

कमेन्ट लोड गर्नुस