सुदूर नेपाललाई विश्वसँग जोड्दै

केन्याको क्वालेमा १२ जना सवार विमान दुर्घटनाग्रस्त

२०८२ कार्तिक ११, ०४:०९ खबर संवाददाता

केन्या: केन्याको क्वाले क्षेत्रमा १२ जना यात्रु सवार एक विमान दुर्घटनामा परेको केन्या नागरिक उड्डयन प्राधिकरण (केसीएए)ले पुष्टि गरेको छ।

स्थानीय सञ्चारमाध्यमहरूले विमान भुइँमा खसेपछि आगोको मुस्लो उठेको र चारैतिर विमानका भग्नावशेष छरिएको देखिने तस्वीरहरू सार्वजनिक गरेका छन्।

प्रहरीलाई उद्धृत गर्दै आएका समाचारहरूका अनुसार विमानमा रहेका सबै जना पर्यटक रहेको बताइएको छ।

उक्त विमान तटीय सहर डियानीबाट मङ्गलवार बिहान मासाई मारा राष्ट्रिय निकुञ्जस्थित निजी विमानस्थल किच्वा टेम्बोको लागि उडेको थियो।

दुर्घटनाबारे थप विवरण भने अहिलेसम्म सार्वजनिक भएको छैन।
 

कमेन्ट लोड गर्नुस