भीमदत्त नगरपालिकाले विपिनको स्मृतिमा चोक निर्माण गर्ने
धनगढीः कञ्चनपुरको भीमदत्त नगरपालिकाले विपिन जोशीको परिवारलाई नगद सहयोग गर्ने र उनको स्मृतिमा चोक बनाउने घोषणा गरेको छ।
इजरायल र हमास समूहको युद्धका क्रममा ज्यान गुमाएका भीमदत्त– ३ महेन्द्रनगरका विपिनको परिवारलाई नगरपालिकाले राहतस्वरूप दुई लाख सहयोग गर्ने र स्मृतिमा चोक बनाउने भएको हो।
मंगलबार नगर प्रमुख पदम बोगटीले किरियामा रहेका विपिनको परिवारलाई भेटेर समवेदनासहित पालिकाबाट दुई लाख रुपैयाँ सहयोग गर्ने र चोक बनाउने घोषणा गरेका हुन्।
दुई वर्षअघि इजरायल गएका विपिनलाई हमास समूहले बन्धक बनाएको थियो। पछि युद्धविरामअन्तर्गत अन्तिम समयमा २७ असोज ०८२ मा विपिनको शव हमासले इजरायललाई बुझाएको थियो। त्यसपछि ४ कात्तिक ०८२ मा महाकाली नदीमा राष्ट्रिय सम्मानका साथ उनको अन्त्येष्टि गरिएको थियो।