सुदूर नेपाललाई विश्वसँग जोड्दै

बेपत्ता भएका बैतडीका एक जना मृत अवस्थामा फेला

। फोटो स्रोत ।
२०७६ साउन १८, ०७:३३ खबर संवाददाता

तीन दिनदेखि बेपत्ता रहेका बैतडीका एक जना मृत अवस्थामा फेला परेका छन्। मृत फेला पर्नेमा दशरथचन्द नगरपालिका–६ नगतडीका १८ बर्षीय दीपक महर रहेका छन्। शुक्रबार बेलुका दशरथचन्द नगरपालिका–६ कन्सनीगाड खोलामा उनको शव फेला परेको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक दीपक पातलीले जानकारी दिए।

प्रहरीका अनुसार साउन १४ गते साँझ सदरमुकाम गोठलापानीबाट घर फर्केका महर बेपत्ता भएका थिए। मृतकको शव परिक्षणका लागि जिल्ला अस्पताल पुर्याएको छ। उनको  मृत्युको कारण भने खुल्न नसकेको र  घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

कमेन्ट लोड गर्नुस