सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिमाञ्चल साहित्य समाजमा खुलेका अक्षयकोषको रकम हिनामिना!

२०८२ कार्तिक १०, ०३:४८ नारायण अवस्थी

धनगढीः सुदूरपश्चिमाञ्चल साहित्य समाज धनगढीमा स्थापना  भएका अक्षय कोषको रकम हिनामिना भएको पाइएको छ। साहित्य समाजमा खुलेका पाँच वटा अक्षयकोषको रकम खर्च खरिएको हो।

मूलधन खर्च नगरी व्याजबाट साहित्य पुरस्कार दिनेगरी सञ्चित गरिएको कोषको रकम खर्च गरिएको पाइएको छ। संस्थाको लेखा परीक्षण प्रतिवेदन २०८२ मा अक्षयकोषमा जम्मा १४ लाख रुपैयाँ मात्रै मौज्दात रहेको देखिएको छ।

विभिन्न मितिमा सुदूरपश्चिम साहित्य समाज धनगढीमा २६ लाखको पाँच वटा अक्षयकोष खडा भएका थिए। स्रष्टाहरूलाई पुरस्कार दिन धनगढीका दानवीर वद्रीनाथ भण्डारीले 'वद्री कृष्णा वाङ्मय पुरस्कार' दिन ११ लाखको अक्षयकोष स्थापना गरिएका थिए। यसैगरी, आरडी प्रभास चटौत विविध पुरस्कार' प्रदान गर्न ११ लाखको अक्षयकोष खडा गरिएको थियो। यस्तै, 'सुदूरपश्चिमाञ्चल साहित्य पुरस्कार' का लागि दुई लाख तथा 'विष्णुदास यज्ञ साहित्य पुरस्कार' र गणेश स्मृति हेमन्ती साहित्य पुरस्कारका लागि १/१ लाखको अक्षयकोष खडा गरिएको थियो। साहित्य समाजले अक्षयकोषको २६ लाख मध्ये १२ लाख रुपैयाँ हिनामिना गरेको तथ्य लेखापरीक्षण प्रतिवेदनबाट सार्वजनिक भएको छ।

मूलधन खर्चनगरी ब्याजबाट पुरस्कार वितरण गर्नुपर्नेमा अक्षयकोषकै रकम खर्चिनु अचम्मको कुरा भएको एक जना साहित्यकारले टिप्पणी गरेका छन्। उनले संस्थाले अक्षयकोष हिनामिना गर्नु गलत भएको बताए।

यता सुदूरपश्चिमाञ्चल साहित्य समाजमा खुलेका अक्षयकोषको रकम हिनामिना साहित्य समाजका अध्यक्ष रामलाल जोशीले भने अक्षयकोषको मूलधनबाटै पुरस्कार दिनुपरेको र साहित्य महोत्सव आयोजना गर्दा रकम खर्च गर्नुपरेको बताएका छन्। उनले खर्च भएको अक्षयकोषको रकम संकलन गरिरहेको बताएका छन्।
११ लाखको अक्षयकोष ५ लाखमा झारियो?
सुदूरपश्चिम साहित्य समाजको गत असोज ४ गते बसेको साधारण सभामा प्रस्तुत लेखापरीक्षण प्रतिवेदनमा साहित्य समाजमा खडा भएका पाँच वटा पुरस्कारको राशी १४ लाख मात्रै रहेको उल्लेख छ।

सुदूरपश्चिमाञ्चल साहित्य समाजमा खुलेका अक्षयकोषको रकम हिनामिना साहित्य समाज पुरस्कारको अक्षयकोष दुई लाख रुपैयाँको, विष्णुदास यज्ञ साहित्य पुरस्कार र गणेश स्मृति हेमन्ती पुरस्कारको १/१ लाख रुपैयाँको अक्षयकोष रहेको खुलाइएको छ। तर, ११ लाख रुपैयाँको 'बद्री कृष्णा वाङ्मय पुरस्कार' को ५ लाखको अक्षयकोष रहेको देखाइएको छ भने ११ लाख रुपैयाँकै 'आरडी प्रभास चटौत विविध पुरस्कार' को पनि ५ लाखको नै अक्षयकोष रहेको विवरण लेखापरीक्षण प्रतिवेदनमा उल्लेख छ।

अक्षयकोष खडा गर्ने भन्दै दाताबाट मूलधन असुलेर साहित्य समाजले रकम भने मनलाग्दी खर्च गर्दै आएको तथ्यले देखाएको छ। साहित्य समाजका पदाधिकारीहरूले अक्षयकोषको रकम सापटीको रुपमा खर्च गर्ने र साँवासमेत फिर्ता नगरेको साहित्य समाजको गतिविधि नजिकबाट नियाल्नेहरूले बताएका छन्।

 
 

नारायण अवस्थी दिनेश खबरका सहायक सम्पादक हुन्। उनले शिक्षा, स्वास्थ्य र कृषि विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस