धनगढी–३ का ढकाल दम्पतीले गरे कपडा बैंकलाई सहयोग
धनगढीः धनगढीको शिवपुरी धाममा रहेको कपडा बैंकलाई १०१ थान कपडा सहयोग गरिएको छ। धनगढी–३ मित्रनगर निवसी श्रीमान टि.एन ढकाल र श्रीमती ईक्षा ढकालले कपडा बैंकमै पुगेर कपडा सहयोग गरेका हु्न्।
धनगढी उपमहानगरपालिका वडा नम्वर ४ शिवपुरी धाममा २०७६ साउनदेखि कपडा बैंक सञ्चालनमा आएको हो। कपडा बैंकले संकलित कपडाहरू विपन्न नागरिकलाई वितरण गर्दै आएको छ। हुनेले सहयोग गर्ने र नहुनेलाई सहयोग पुगाउने उद्देश्यले कपडा बैंक स्थापना गरिएको हो।
धनगढीका स्थानीयले कपडा बैंकलाई कपडा सहयोग गर्दै आएका छन्।