सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढी–अत्तरिया छ लेन सडकमा मध्यराति कार दुर्घटना

२०८२ कार्तिक १०, ०९:२४ खबर संवाददाता

धनगढीः कैलालीको धनगढीमा मध्यराति कार दुर्घटना हुँदा तीन जना घाइते भएका छन्।

धनगढी उपमहानगरपालिका–१३ मा पर्ने धनगढी–अत्तरिया छ लेन सडकस्थित एयरपोर्ट मोड नजिकै राति १ बजे से १ च १७२५ नम्बरको कार दुर्घटना हुँदा तीन जना घाइते भएका हुन्।जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक राजकुमार सिंहका अनुसार घाइते हुनेमा २८ वर्षीया सनिया चौधरी, ३५ वर्षका रामसाय राना र ३७ वर्षीय उपदेश ठाकुर रहेका छन्।

उनीहरुको माया मेट्रो अस्पतालमा उपचार भइरहेको र अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार तिब्र गतिमा रहेको कार अनियन्त्रित भएर सडकको रेलिङमा ठोक्किएको हो। 

कमेन्ट लोड गर्नुस