सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीका सिडिओ लम्सालको सरुवा रेग्मी आए

२०८२ कार्तिक ९, ०८:३८ खबर संवाददाता

धनगढी: कैलालीका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालको सरुवा भएको छ। सरकारले सुदूरपश्चिमका ३ जिल्लामा नयाँ प्रमुख जिल्ला अधिकारी (सिडिओ) पठाइएको छ। कैलाली, अछाम र डडेल्धुरामा नयाँ सिडिओ पठाइएका हुन्।


जसमा कैलालीमा कृष्णप्रसाद लम्सालको ठाउँमा नयाँ सिडिओ हिरालाल रेग्मी पठाइएका छन् भने अछामका सिडिओ आनन्द सारुलाई सरुवा गर्दै बिष्णुप्रसाद कोइराला पठाइएका छन्।


यस्तै डडेल्धुराका प्रमुख जिल्ला अधिकारी (सिडिओ) जनार्दन गौतमको स्थानमा भने कसैलाई नपठाई सरुवा गरिएको छ। गृह मन्त्रालयले आइतवार विभिन्न जिल्ला प्रशासन कार्यालयका प्रमुखहरुको सरुवा गरेको छ।

कमेन्ट लोड गर्नुस