सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढी–१ का पान्डे दम्पतीले गरे कपडा बैंकलाई सहयोग

२०८२ कार्तिक ९, ०४:११ खबर संवाददाता

धनगढीः धनगढीको शिवपुरी धाममा रहेको कपडा बैंकलाई ४६ थान कपडा सहयोग गरिएको छ। धनगढी–१ बुद्ध मन्दिर निवासी श्रीमान यज्ञराज पान्डे र श्रीमती स्वस्तिका पान्डेले कपडा बैंकमै पुगेर कपडा सहयोग गरेका हु्न्। 

धनगढी उपमहानगरपालिका वडा नम्वर ४ शिवपुरी धाममा २०७६ साउनदेखि कपडा बैंक सञ्चालनमा आएको हो। कपडा बैंकले संकलित कपडाहरू विपन्न नागरिकलाई वितरण गर्दै आएको छ। हुनेले सहयोग गर्ने र नहुनेलाई सहयोग पुगाउने उद्देश्यले कपडा बैंक स्थापना गरिएको हो।


धनगढीका स्थानीयले कपडा बैंकलाई कपडा सहयोग गर्दै आएका छन्।
 

कमेन्ट लोड गर्नुस