चिसापानीका एक युवक खैरो हेरोइनसहित पक्राउ
२०८२ कार्तिक ९, ०८:३१
धनगढीः कैलालीको चिसापानीका एक युवक खैरो हेरोइनसहित पक्राउ परेका छन्।
कैलालीको मोहन्याल गाउँपालिका–७ पितमारीको पिकनिक स्थलबाट लम्कीचुहा नगरपालिका–३ चिसापानी बस्ने २६ वर्षीय गोविन्द बिष्ट शनिवार खैरो हेरोइनसहित पक्राउ परेका हुन्। बिष्टलाई ७१० मिलिग्राम लागूऔषध खैरो हेरोइनसहित इलाका प्रहरी कार्यालय चिसापानीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ।
कमेन्ट लोड गर्नुस