कञ्चनपुरबाट ९ जना जुवाडे नगदसहित पक्राउ
२०८२ कार्तिक ९, ०८:२५
कञ्चनपुरः कञ्चनपुरबाट ९ जना जुवाडे नगदसहित पक्राउ परेका छन्।
जिल्लाको भीमदत्त नगरपालिका–१ भासीका सुरेन्द्र भण्डारीको घरमा जुवातास खेलिरहेका भीमदत्त नगरपालिका–६ ऐठपुर बस्ने ५० वर्षीय दिपक पाठकसहित ९ जना पक्राउ परेका हुन्। उनीहरुलाई नगद ५५ हजार १५ रुपैँया र ८ गड्डी ताससहित जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको जनाएको छ।
कमेन्ट लोड गर्नुस