सुदूर नेपाललाई विश्वसँग जोड्दै

टिपरसँग घुस लिने ५ जना ट्राफिक प्रहरी पक्राउ

। फोटो स्रोत ।
२०७६ साउन १७, ०५:१५

टिपरसँग घुस लिने ५ जना ट्राफिक प्रहरी पक्राउ परेका छन्। मेलम्चीबाट काठमाडौंतर्फ बालुवा लिई आउने टिपरबाट घुस लिने ५ जना ट्राफिक प्रहरीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काभ्रेका विभिन्न तीन ठाउँबाट पक्राउ गरेको हो।

काभ्रेको हिगुवापाटी, पाँचखाल र बनेपामा कार्यरत ट्राफिक प्रहरी टिपरसँग घुसबापत २÷२ हजार रुपैयाँ लिएको अवस्थामा पक्राउ परेका हुन्। हिगुवापाटी ट्राफिक पोस्टमा कार्यरत प्रहरी जवान तेजप्रसाद भट्टराई, पाँचखालमा कार्यरत प्रहरी हवल्दार भक्तबहादुर हायु र प्रहरी जवान ज्ञानबहादुर लामगादे र बनेपा ट्राफिक पोस्टमा कार्यरत हरिचन्द्र बानियाँ र प्रहरी हवल्दार रामहरि मानन्धर पक्राउ परेका अख्तियारले जनाएको छ।

बालुवा लिएर आउने टिपरसँग विभिन्न बाहना बनाई उनीहरुले घुस लिने गरेको सूचनाको आधारमा पुगेको अख्तियारको केन्द्रीय कार्यालय टंगालको टोँलीले उनीहरुलाई पक्राउ गरेका हुन्।

कमेन्ट लोड गर्नुस