सुदूर नेपाललाई विश्वसँग जोड्दै

पुरुष भलिबलः नेपाल तुर्कमेनिस्तानसँग पराजित

२०८२ कार्तिक ५, ०४:१३ रासस

काठमाडौँः बङ्गलादेशमा आजदेखि सुरु भएको काभा कप पुरुष भलिबल प्रतियोगिताको पहिलो खेलमा नेपाल तुर्कमेनिस्तानसँग पराजित भएको छ। ढाकास्थित इन्डोर हलमा आज भएको खेलमा नेपाल तुर्कमेनिस्तानसँग सोझो सेटमा पराजित भएको हो।

तुर्कमेनिस्तानले नेपाललाई पहिलो सेट २५–२२ ले पराजित गरेको छ भने  खेलको दोस्रो सेटमा २५–१८ र तेस्रो सेटमा २७–२५ ले पराजित भएको हो। अब  नेपालले आफ्नो दोस्रो खेलमा भोलि घरेलु टोली बङ्गलादेशसँग खेल्नेछ।
 

कमेन्ट लोड गर्नुस