सुदूर नेपाललाई विश्वसँग जोड्दै

बडीमालिकामा लाग्ने मेलाका लागि डोटीबाट पठाईयो सरकारी डोल

२०७६ साउन १७, ०२:०६ खबर संवाददाता

डोटीको सिलगढीबाट बाजुरा जिल्लामा रहेको बडीमालिका मन्दिरका लागि शुक्रवार सरकारी डोल गएको छ। जनै पुर्णिमाको अवसरमा लाग्ने मेलाका लागि उक्त डोल डोटीको सिलगढी बाट गएको हो। जिल्ला प्रशासन कार्यालय सिलगढीमा पुजा आजा गरी बिधिबत रुपमा सरकारी कर्मचारीहरुले डोल लैजाने चलन अनुसार आज डोल पठाईएको डोटीका प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले बताए।  सिलगढीमा रहेको रुद्रध्वज गणको सैनिक टोली तथा जिल्ला प्रहरी कार्यालय डोटीको टोलीले शैलेस्वरी मन्दिरमा सलामी दिएपछि सरकारी कर्मचारी सहितको सरकारी डोल बाजुरमा रहेको बडिमालिका मन्दिरका लागि प्रस्थान गरेको हो। डोल ७ दिनमा बडिमालिका पुग्ने छ। बडिमालिका मन्दिरका लागि अछाम, बाजुरा, बझाङ तथा डोटीबाट डोल लैजाने चलन रहेको छ।

यो बर्ष बडिमालिकामा साउन २८ गते देखि ३० गतेसम्म जनै पुर्णिमा मेला लाग्ने छ। मेलामा कालिकोट, जुम्ला, बाजुरा, अछाम, डोटी लगायत जिल्लाबाट सरकारी टोलीको पुजा चढाईपछि सर्वसाधारणले परम्परा अनुसार पुजाअर्चना गर्ने चलन रहेको छ। 
बडीमालिकाका २२ पाटन, त्यसमा फुलेका कैयौं प्रजातिका रङ्गीचङ्गी फूल र सेताम्य भेडाका बथानले त्यहाँको आकर्षण बढाउने गरेको छ। हिउँदका ३ महिना हिउँले ढाक्ने उक्त क्षेत्र १४ हजार फिट उचाईमा छ। 
 

कमेन्ट लोड गर्नुस