सुदूर नेपाललाई विश्वसँग जोड्दै

मध्यरातमा कञ्चनपुरबाट ७ जना जुवाडे पक्राउ

२०८२ कार्तिक ५, ०७:२७ खबर संवाददाता

धनगढीः मध्यरातमा कञ्चनपुरबाट ७ जना जुवाडे पक्राउ परेका छन्।

आज राति १२ः४५ बजे भीमदत्त नगरपालिका–१८ पुष्पलालचोक बस्ने प्रदिप चन्दको पसलमा जुवातास भई रहेको भन्ने गोप्य सूचनाको आधारमा वडा प्रहरी कार्यालय महेन्द्रनगरवाट प्रहरी टोली खटिएको प्रहरीले ७ जनालाई पक्राउ गरेको हो। उनीहरुलाई ५ गड्डी तास र नगद ४१ हजार ९७५ रुपैँयासहित पक्राउ गरि आवश्यक अनुसन्धान भइ रहेको प्रहरीले जनाएको छ।

कमेन्ट लोड गर्नुस