सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाजुराका ९५ बस्ती पहिरोको उच्च जोखिममा

२०७६ साउन १७, ०१:५२ प्रकाश सिंह

बाजुरा जिल्लाका नौ स्थानीय तहमा पर्ने ९५ बस्ती पहिरोको उच्च जोखिममा रहेका छन्। जिल्ला दैवीक प्रकोप उद्धार समितिका अनुसार जिल्लाका ९५ वटा बस्ती पहिरोको उच्च जोखिममा रहेका हुन्। जोखिममा रहेका बस्तीको सूची सार्वजनिक गरि गृह मन्त्रालयमा पठाउने निर्णय समेत भएको समितिले जनाएको छ। सबैभन्दा बढी त्रिवेणी नगरपालिका र बडिमालिका नगरपालिका जोखिममा रहेका छन्। 

भिरालो र पाखो जमिनका बस्तीहरुमा पहिरोको जोखिम बढेको हो। वर्षाले ठाउँ ठाउँमा पहिरो गएको र घरमाथि बाट पहिरो बग्ने र घर भत्किने क्रम बढेपछि सर्वसाधारण त्रसित बनेका छन्। पहिरोको उच्चजोखिममा रहेका परिवारलाई सचेत भएर बस्न र सतकर्ता अपनाउन जिल्ला प्रशासन कार्यलय बाजुराले सार्वजनिक सुचना जारी गर्दै आग्रह गरेको छ। सिङगो  जिल्ला नै पहिरोको उच्च जोखिममा रहेको प्रमुख जिल्ला अधिकारी गंगा प्रसाद न्यौपानेले वताए।

यस्तै बाजुराको गौमुल गाउँपालिका वडा नम्वर ६ बसालामा बिहिवार राती गएको पहिरोमा परि घाईते भएकाको जिल्ला अस्पतालमा उपचार भईरहेको छ। पहिरोमा पुरिएर गम्भिर घाईते भएका ९० बर्षीय जंग चदाराको जिल्ला अस्पताल बाजुरामा उपचार भइरहेको हो। पहिरोले घर बगाउँदा बिहिवार राती आमा छोरीको मृत्यु भएको थियो। ३० बर्षीय निरुता चदारा र उनकी ६ बर्षकी छोरी किश्मती चदाराको मृत्यु भएको  थियो। घर पछाडि बाट पहिरो आएर पुरै घर बगाएको छ। 

प्रकास सिह दिनेश खवरका बाजुरा संवाददाता हुन्।

कमेन्ट लोड गर्नुस