धनगढीका कम्प्युटर व्यवसायी धामी सोमवारदेखि बेपत्ता
धनगढीः धनगढीका कम्प्युटर सम्बन्धी व्यवसाय गर्दै आएका नरेश धामी बेपत्ता भएका छन्। धनगढीमा एनसिसिएस कम्प्युटर सञ्चालन गर्दै आएका धामी कार्तिक ३ गते सोमवार साँझ ७ बजेदेखि बेपत्ता भएका हुन्।
सोमवार नै काठमाडौँबाट धनगढी फर्किएका धामीले दिनमा आफ्नो पसलमा काम गरेका थिए भने साँझ कोठाबाट अकस्मात बेपत्ता भएको उनको परिवारले जनाएको छ। परिवारले धामीले बोकेको मोवाइल अफ रहको जनाएको छ भने उनी सामान्य अवस्थामै बाहिर निस्किएको जनाएको छ।
धामीलाई देखेमा नजिकको प्रहरी चौकी अथवा मोवाइल नम्बर ९८४८९८१४०३, ९८१५६२२५३४ र ९८१२७२४११६ मा सम्पर्क गर्न परिवारले आग्रह गरेको छ।