सुदूर नेपाललाई विश्वसँग जोड्दै

विपीनको राष्ट्रिय सम्मानसहित महाकाली नदीमा आज अन्त्येष्टि गरिँदै

२०८२ कार्तिक ४, ०८:१८ खबर संवाददाता

कञ्चनपुरः हमास इजरायल युद्धका क्रममा मृत्य भएका कञ्चनपुरका विपिन जोशीको आज राष्ट्रिय सम्मानसहित महाकाली नदि किनारमा अन्त्येष्टि गरिने भएको छ।

विपिनको शव महाकाली नदीको भुजेला घाटका लागि कञ्चनपुरको भीमदत्त नगरपालिकास्थित निवासबाट सुरू हुनेछ। विपिनको सम्मानमा सशस्त्र प्रहरीले सलामी अर्पण गरी राष्ट्रिय सम्मानसहित धार्मिक परम्परागतअनुसार अन्त्येष्टि गर्न लागिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता एवमं प्रहरी नायब उपरीक्षक (डीएसपी) सागर बोहराले जानकारी दिए।

कमेन्ट लोड गर्नुस