सुदूर नेपाललाई विश्वसँग जोड्दै

महिला कर्मचारी मृत्यु प्रकरण: कर्मचारी युनियनका प्रदेश अध्यक्ष देउवाले पाए उन्मुक्ति, दुई जना धरौटीमा रिहा

२०८२ कार्तिक ३, ०३:४९ खबर संवाददाता

धनगढी: धनगढीमा एक महिलाको मृत्यु प्रकरणमा तीन जना पक्राउ परेका थिए।

धनगढीस्थित हुलाकी राजमार्ग योजना कार्यालयमा कार्यरत कम्प्युटर अपरेटर शिलादेवी बोहराको मृत्युु घटनामा सोही कार्यालयमा कार्यरत तीन जना कर्मचारी पक्राउ परेका हुन्।

प्रहरीका अनुसार घटना असोज १३ गते फूलपातीको दिन कार्यालयकै निवासमा भएको हो। शिलादेवी बोहराले विष सेवन गरेपछि मृत्यु भएकोमा परिवारले तीन जना विरुद्ध जाहेरी दिएको थियो।

सो जाहेरीका आधारमा सोही कार्यालयमा कार्यरत धर्म देउवा, हर्क ऐर र भागरथी जोशीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। पक्राउ परेका तीन जना मध्ये धर्म देउवा नेपाली काँग्रेस निकट निजामती कर्मचारी युनियनका सुदूरपश्चिम प्रदेश अध्यक्ष हुन्। 
पक्राउ परेकी महिला जोशी मृतककी साथी हुन् भने हर्क ऐर सोही कार्यालयका कर्मचारी रहेको प्रहरीले जनाएको छ।

मृतकका आफन्तले दिएको किटानी जाहेरीका आधारमा असोज १४ गते तीनै जनालाई नियन्त्रणमा लिएर अनुसन्धान सगरिएको प्रहरीले जानकारी दिएको छ। मृतकका परिवारले तीनै जनाविरुद्ध कर्तव्य ज्यान मुद्दा दायर गरेका थिए।

तर कर्मचारी युनियनका अध्यक्ष देउवा भन्ने मुद्दा नचल्ने गरी रिहा भएका छन्। देउवा आइतवार नै जिल्ला अदालत कैलालीको आदेशअनुसार रिहा भएको कैलाली प्रहरी प्रवक्ता राजकुमार सिंहले बताए। यस्तै घटनामा पक्राउ परेका जोशी र ऐर जनही दुई लाख ५० हजार धरौटी राखेर रिहा भएको प्रहरीले जनाएको छ।

कमेन्ट लोड गर्नुस