सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीको जोशीपुर गाउँपालिकाले अनुदानको लाखौँ बजेट गुपचुपमै बाडेको खुलासा

२०७६ साउन १७, १२:१३ जनक विष्ट

कैलालीको जोशीपुर गाउँपालिकाले विभिन्न किसिमका अनुदानका लागि विनीयोजन गरेको लाखाँै बजेट गुपचुपमै निकटका व्यक्तिलाई वितरण गरेको पाईएको छ। सार्वजनिक सूचना समेत जारी नगरेको गाउँपालिकाले गत आर्थिक वर्षमा वडा कार्यालय मार्फत निकटका व्यक्तिलाई अनुदानको लाखौँ बजेट खर्च गरेको पाईएको हो।

जोशीपुर गाउँपालिका वडा नम्बर ६ को कार्यालयले गत आर्थिक वर्ष २०७५÷७६ मा तीनजना किसानलाई दुई लाख चालिस हजार बराबरका बोरिङ खरिद गरी अनुदानमा दिएको छ। तर अनुदानमा वोरिङ वितरण गर्न वडा कार्यालयले सार्वजनिक सूचना जारी र किसानबाट आवेदन माग नगरेको पाईएको छ। वडा कार्यालयले वडा समितिको बैठकमा स्थानीय पुन्सी देवी डगौरा कुमारीवाग, अन्तराम डगौरा कुमारीवाग र बधुराम थारु कुमारीवागलाई गाउँपालिकाबाट खरिद गरी वितरण गर्ने निर्णय गरेको पाईएको छ।

उक्त अनुदान वितरण गरिसकेको निमित्त वडा सचिव सरिता हमालले बताईन्। वडा कार्यालयले अन्य अनुदानका कार्यक्रममा समेत सार्वजनिक सूचना जारी नै नगरी निकटका व्यक्तिलाई गुपचुपमा अनुदान वितरण गरेको पाईएको छ। राजनीतिक आस्थाकै आधारमा कार्यालयले निटकका व्यक्तिलाई खुसि पार्न गुपचुपममै बजेट बाडेको पाईएको छ। समुदायको आवश्यकता र प्राथमिकतालाई ध्यानमा नराखी गुपचुपमा अनुदान वितरण गरिएपछि विरोधका स्वरहरु समेत सुनिदै आएका छन्।

कतिपय योजनामा त कर्मचारी र जनप्रतिनिधीकै नाममा बजेट निकासा गरिएको समेत पाईएको छ। तर वडा अध्यक्ष  नत्थु प्रसाद डगौँराले विधि प्रक्रियाका विषयमा आफू अनभिज्ञ रहेको जिकिर गर्दै आएका छन्। उनले जनताको माग अनुसार आफूले कार्य सम्पादन गरेको जनाउँर्दै प्रचलित कानूनका विषयमा जानकार नभएको दावी गरे। गाउँपालिकाका सबै वडामा अनुदानको बजेट वडा समितिको निर्णयकै आधारमा वितरण भएको समेत उनी बताउँछन्।  

हुन पनि उनले भनेझै अन्य वडामा पनि निकटका व्यक्तिलाई गुपचुपमै अनुदान वितरण गरिएको पाईएको छ। वडा नम्बर २ को कार्यालयले समेत विद्यालयहरुलाई विभिन्न समाग्री खरिद गर्न, माछाका भुराहरु, वोरिङ लगायतका अनुदानमा वडा समितिको बैठकबाट निर्णय गरी लार्खाैँ बजेट वितरण गरेको छ।

तर वडाका जनप्रतिनिधीले भने कानूनी प्रक्रियाका विषयमा कुनै जानकारी नै नभएका कारण निर्णयकै आधारमा अनुदान वितरण गरिएको दावी गरेका छन् भने कर्मचारीहरुले निर्णयकै आधार वितरण गर्न मिल्ने सुझाव दिएको दावी गरिरहेका छन्। जोशिपुर गाउँपालिका २ का अध्यक्ष हेमलाल डगौराले पनि तत्कालीन प्रमुख प्रशासकिय अधिकृतले वडा समितिबाट निर्णय गरी अनुदान वितरण गर्न सकिने भनेकाले त्यसो गरिएको दावी गरे। उनले आउँदो वर्षदेखि प्रचलित विधी प्रक्रिया अपनाएर नै कार्य सम्पादन गर्ने जनाए।

जोशीपुर गाउँपालिकामा अहिले प्रमुख प्रशाकिय अधिकृत र अधिकांश वडाका सचिवको जिम्मेवारी साविकको स्थानीय निकाय हुँदा नियुक्त भएका कर्मचारीले सम्हालीरहेका छन्। प्रशासनिक अनुभव समेत नभएको उनीहरुले कानून विपरीतका काम समेत जनप्रतिनिधीलाई गर्न दवाव दिदै आएको आरोप लाग्ने गरेको छ।  

जनक विष्ट दिनेश एफ. एम. का सम्पादक हुन। उनले राजनीति र समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस