सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरकी टिकटकर नाथ मृत्यु प्रकरण:पाँच जनाविरुद्ध दुरुत्साहनको मुद्दा

२०८२ कार्तिक ३, ०१:०७ खबर संवाददाता

धनगढी: टिकटकर आँचल नाथको मृत्यु प्रकरणमा जिल्ला अदालत काठमाडौंमा पाँच जनाविरुद्ध आत्महत्या दुरुत्साहनको मुद्दा दायर गरिएको छ। जिल्ला प्रहरी परिसर, काठमाडौंले गरेको अनुसन्धानका आधारमा उक्त मुद्दा दायर गरिएको हो।

अदालतमा दायर मुद्दामा २६ वर्षीय सञ्जु विक, अनु भनिने उर्मिला विक, सरु भनिने सरस्वती भण्डारी, २२ वर्षीय राजेश बुढा र लक्ष्मी बुढालाई प्रतिवादी बनाइएको छ। उनीहरूमध्ये सञ्जु विक मात्र पक्राउ परेका छन् भने बाँकीलाई फरार प्रतिवादी बनाएर मुद्दा दायर गरिएको छ।

केही म्युजिक भिडियोमा देखिएकी कञ्चनपुरकी आँचल मोडलिङमा समेत सक्रिय थिइन्। प्रहरीका अनुसार आँचलले शरीरमा पेट्रोल छर्किएर आफैँलाई आगो लगाएकी थिइन्। गम्भीर रूपमा घाइते भएपछि उनलाई सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा उपचारका लागि लगेका थिए। उपचारका क्रममा चिकित्सकहरूले उनको मृत्यु भएको घोषणा गरेका थिए।
 

कमेन्ट लोड गर्नुस