कैलालीमा ४० वर्षीय पुरुषमाथि आक्रमण, दुई युवक फरार
धनगढी: कैलालीमा कुटपिटबाट एक पुरुष घाइते भएका छन्।
गौरीगंगा नगरपालिका– १ चनौरामा २२ वर्षीय स्थानीय काँसीराम साउँद, २० वर्षीय नरेश जोशी र ४० वर्षीय लालबहादुर चौधरीबिच सामान्य विवाद भएको थियो।
सोही क्रममा साउँद र जोशीले चौधरीलाई कुटपिट गरेको प्रहरीले जनाएको छ। कुटपिटबाट घाइते भएका चौधरीको धनगढीस्थित केजी अस्पतालमा उपचार भइरहेको छ। कुटपिटमा संलग्न व्यक्तीहरू फरार रहेको इलाका प्रहरी कार्यालय चौमालाले जनाएको छ।