धनगढीबाट सुर्ती र बिडी लगायतका सामना बरामद
२०८२ कार्तिक १, ०७:५४
धनगढीः धनगढीबाट सुर्ती र बिडी लगायतका सामना बरामद गरिएको छ।
धनगढी उपमहानगरपालिका–९ त्रिवेणी घाटबाट अवैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी मुल्य २८ हजार ५२० बराबरको सुर्ती, बिडी, सलाई, ब्लेड, सुट, जुत्ता, चप्पल, मैदा लगायतका सामना प्रहरीले बरामद गरेको हो। उक्त सामना अस्थाइ प्रहरी पोष्ट शान्तीनगर कैलालीबाट खटिएको प्रहरी गस्ती टोलीले शुक्रवार बरवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाएको छ।
कमेन्ट लोड गर्नुस