सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा कुटिए प्रहरी चौकीका इन्चार्ज, तिन जना नियन्त्रणमा

२०८२ असोज ३१, ०३:४७ खबर संवाददाता

धनगढी। कञ्चनपुरमा एक प्रहरीमाथि कुटपिट भएको छ। ब्रम्हदेब प्रहरी चौकीका इन्चार्ज प्रहरी नायब निरीक्षक देवेन्द्रबहादुर चन्दमाथि कुटपिट भएको हो। बिहीबार साँझ भीमदत्त नगरपालिका– ९ ब्रम्हदेब महाकाली कोरिडोर मार्ग क्षेत्रमा सई चन्दमाथि कुटपिट भएको हो।

निर्माणाधिन महाकाली कोरिडोर क्षेत्रबाट बोलेरो जिपमा महेन्द्रनगरदेखि यात्रु ओसारेर जोगबुढा गइरहेका यात्रु र चालकले अनी चन्दमबिच बादविवाद भएको भन्ने जानकारी पह्ररी प्रवक्ता सागर बोहराले जानकारी दिएका छन्।

सई चन्दमाथि यसअघि पनि व्यवसायी तस्कर समूहबाट पैसा असुलेको आरोप लाग्दै आएको छ। ब्रम्हदेब प्रहरी चौकी इन्चार्ज सई चन्दले बोलेरो जिपमा क्षमताभन्दा बढी यात्रु र सामान ओसारिरहेका चालक  रमेश धामीसँग किन जोखिम मोलेर यात्रा गरिरहेको भन्ने प्रश्न गरेपछि उनीहरु आफुमाथि खनिएर कुटपिट गरेको बताए।

सई चन्दमाथि कुटपिट गर्ने तिन युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। तर, चालकलाई भने अहिलेसम्म नियन्त्रणमा लिएको छैन। 
 

कमेन्ट लोड गर्नुस