एआईले उत्पादनमा वृद्धिसँगै असमानता पनि बढाउन सक्छः आइएमएफ प्रमुख
अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) का प्रबन्ध निर्देशक क्रिस्टालिना जोर्जिएवाले कृत्रिम बुद्धिमत्ता (एआई) ले विश्वव्यापी उत्पादनशीलता बढाउन सक्ने बताउनुभएको छ, तर यसले देशभित्र र देशबीच आर्थिक असमानता निम्त्याउने गम्भीर जोखिम पनि बोकेको छ।
विश्व बैङ्क समूह र आईएमएफको सन् २०२५ वार्षिक बैठकका अवसरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उहाँले एआई क्षेत्रमा भइरहेको तीव्र लगानीले ‘अविश्वसनीय आशावाद’ ल्याएको उल्लेख गरे।
“एआईले विश्व अर्थतन्त्रको वृद्धिमा ०.१ प्रतिशतदेखि ०.८ प्रतिशतसम्म योगदान दिन सक्छ, जुन निकै महत्वपूर्ण हो,” उनले भने।
आईएमएफले मङ्गलबार सार्वजनिक गरेको पछिल्लो विश्व आर्थिक दृष्टिकोण प्रतिवेदनमा सन् २०२५ को विश्व विकास दर अनुमान ३.२ प्रतिशतमा पु¥याइएको छ । तर भन्सार शुल्क (टारिफ) सम्बन्धी अस्थिरताले सन् २०२६ मा यो दर ३.१ प्रतिशतमा झर्ने अनुमान गरिएको छ।
जोर्जिएवाले थप्नुभयो,“हामी अहिले झन्डै ३ प्रतिशतको वृद्धिदरमै अड्किएका छौं । यदि एआईबाट थप वृद्धिदर हासिल गर्न सकियो भने, यो विश्वका लागि अत्यन्तै सकारात्मक उपलब्धि हुनेछ।”
“आईएमएफले ‘एआई तयारी सूचकाङ्क’ विकास गरेको छ, जसले चारवटा आधारमा देशहरूको मूल्यांकन गर्छ।
“एआई अपनाउने सन्दर्भमा उत्कृष्ट देशहरू र पछि परेका देशहरूबीच ठूलो खाडल छ,” उहाँले भन्नुभयो। “त्यसैले एआईले उत्पादकत्व त बढाउन सक्छ, तर यसले देशहरूभित्र र देशहरूबीच असमानता पनि बढाउने सम्भावना छ । त्यसैले तयारी अपरिहार्य हुन्छ।”
सोही अवसरमा जोर्जिएवाले ‘ग्लोबल नीति एजेन्डा’ सार्वजनिक गर्दै तीन प्रमुख प्राथमिकता उल्लेख गरे।