सुनको मूल्य तोलामा २ लाख ५८ हजार रुपैयाँ पुग्यो
काठमाडौँःसुनको मूल्य शुक्रवार तोलामा २ लाख ५८ हजार रुपैयाँ पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा सुनको मूल्य तोलामा ७ हजार १०० रुपैयाँ बढेर नयाँ कीर्तिमान कायम भएको हो।
जसअनुसार शुक्रवार सुन तोलामा २ लाख ५८ हजार रुपैयाँ कायम भएको छ। सुन १० ग्रामकै २ लाख २१ हजार १९५ रुपैयाँ पुगेको छ।
यसअघि बिहीबार छापावाल सुन तोलामा २ लाख ५० हजार ९०० रुपैयाँ कायम भएको थियो। यसैबिच शुक्रवार चाँदीको मूल्य पनि बढेको छ। बिहीबार तोलामा ३ हजार २७५ रुपैयाँ कायम भएको चाँदीको मूल्य शुक्रवार बढेर ३ हजार ३५० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।