सुदूर नेपाललाई विश्वसँग जोड्दै

‘वन पिस’ झण्डाः पप संस्कृति र प्रतिरोधको प्रतीक

२०८२ असोज ३०, ०४:५८ रासस

काठमाडौँ : विश्वभर फैलिएको युवाको असन्तुष्टिको लहरमा एक साझा सांस्कृतिक प्रतीक पनि देखा परेको छ - कालो झण्डा । यसमा मुस्कुराइरहेको खोपडी र परालको टोपीसहित क्रसबोन्स चित्रित छ । यो जापानी मङ्गा ‘वन पिस’ बाट प्रेरित हो। यसले अन्यायपूर्ण सरकारविरुद्ध लड्ने समुद्री डाकुहरूको कथालाई चित्रित गर्छ। 

विश्वभर भ्रष्ट सरकार बाट निराश भएका युुवा हरुको आवेशको प्रतीक बनेको झण्डा प्रदर्शनकारीहरूले फहराएका छन्।

नेपालमा सिंहदरबार र मन्त्रालयहरूमा पनि ‘जेन जेड’ प्रदर्शनकारी ले यो झण्डा फहराएका थिए। यही प्रतीक फिलिपिन्स, इन्डोनेसिया, मोरक्को र मडागास्करमा पनि देखियो।

पेरुको राजधानी लिमामा २७ वर्षीय इलेक्ट्रिसियन डेभिड टाफुरले सोही झण्डा बोकेर साप्ताहिक विरोधस्थल सान मार्टिन स्क्वायरमा उभिँदै भन्नुभयो, “हामी सबै भ्रष्ट र हत्यारा नेताहरूविरुद्ध एउटै युद्ध लड्दैछौँ ।”
गत हप्ता पेरुकी राष्ट्रपति दिना बोलुआर्टे अनुसन्धानको घेरामा परेपछि पदबाट हटाइनुभएको थियो र अन्तरिम राष्ट्रपति जोसे जेरी नियुक्त हुनुभएको थियो ।

तर टाफुरले भन्नुभयो, “यो पर्याप्त छैन, किनभने नयाँ राष्ट्रपति पनि पुरानो सत्ताको सहयोगी हुनुहुन्छ ।”
 

कमेन्ट लोड गर्नुस