सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा ग्यास लिग भएर आगलागी, आमा–छोरा घाइते

२०८२ असोज २९, ०६:०२ खबर संवाददाता

धनगढी : कैलालीको गोदावरी नगरपालिका– ३ चौकिडाँडामा खाना पकाउने ग्यास सिलिन्डर लिग भएर आगलागी हुँदा आमा छोरा घाइते भएका छन्।

मगलवार राति ग्यास लिग भएर आगलागी हुँदा २५ वर्षीय पार्वती मडै र उनका छोरा ६ वर्षीय होम मडै घाइते भएका हुन।

घाइतेमध्ये आमाको अवस्था सामान्य रहेको र छोराको अवस्था गम्भीर रहेको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ। उनीहरुको धनगढी स्थित माया मेट्रो अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

 

कमेन्ट लोड गर्नुस