सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीको जयाज इन्टरनेशनल प्रालिले छठसम्म आयसर ट्याक्टरको खरिदमा नगद छुट र उपहार दिने

२०८२ असोज २९, ०५:५८

धनगढी:  आयसर ट्याक्टरको आधिकारिक बिक्रेता जायज इन्टरनेशनल प्रालिले छठसम्म ट्याक्टर खरिदमा बोनस र उपहार दिने भएको छ।

धनगढी-१३ मोहनपुरमा असोज २८ गतेदेखि कम्पनीले टाँफे मोटर्स ट्याक्टरर्स लिमिटेड, मन्दिदिप मध्यप्रदेश भारतले उत्पादन गरेको आयसर ब्रान्डको ट्याक्टरसहित कृषि कार्यमा प्रयोग हुने अन्य उपकरणको बिक्रीवितरण थालेको हो।

धनगढी उप महानगरपालिका- १३ मोहनपुरमा आयसर ट्याक्टर्सको अधिकृत विक्रेताको रुपमा जयाज इन्टरनेश्नल प्रालिले सेवा विस्तार गरेको कम्पनीका सञ्चालक अंकुशराज पन्तले बताए।

असोज २८ गते औपचारिक कार्यक्रम गरेर  आधिकारिक बिक्री शाखाको उद्घाटन गरिएको हो । जायज इन्टरनेशनल प्रालिले माइलेजका लागि नम्बर एक भनेर चिनिने आयसर ट्याक्टरका १८८, २४२, ३८०, ४८०, ५५१, ५५७, ६५०, ७७६ तथा ८८४ मोडलहरु बिक्री गरिरहेको सञ्चालक पन्तले बताए। 
आयसर ट्याक्टरको बिक्रीसँगै सर्भिस सेन्टरसमेत सञ्चालनमा ल्याएको छ। ट्याक्टरको मर्मतसम्भारका लागि मङ्गलवारदेखि नै मोहनपुरमै एएच ट्रेडिङ्ग प्रालि सञ्चालकनमा आएको हो। अंकुशराज पन्त र हरिश धामीको संयुक्त लगानीमा सर्विस सेन्टर सञ्चालनमा आएको हो।

आइसर ट्याक्टर खरिदमा विश्वकर्मा पूजादेखि छठपर्वसम्म विशेष अफर र उपहार रहेको सञ्चालक पन्तले बताए।

उनले शक्तिशाली इन्जिन र कम इन्धनमा उच्च टर्क र बलियो प्रदर्शन गर्न सक्ने आयसर ट्याक्टर कृषकहरूको पहिलो रोजाइमा रहेको बताएका छन्।
आयसर ब्रान्डको ट्याक्टरले उच्च माइलेज दिने, इन्धन बचत गर्ने र कम लागतमा मर्मत गर्न सकिने पन्तले बताए।

यस्तै, स्मूद गियर, खेत तथा सडक दुबैमा चलाउन सजिलो हुने र आरामदायी ड्राइभर सिटसहितका विषेशता ट्याक्टरमा रहेको पन्तले बताए।

जायज इन्टरनेशनल प्रालिले आयसर ट्याक्टरसँगै रोटाभेटर, थ्रेसर र कृषि कार्यमा प्रयोग हुने अन्य उपकरण पनि  खरिद गर्ने सञ्चालक पन्तले बताए।
पन्तले छठ पर्वसम्म ट्याक्टर खरिद गर्ने किसानलाई नगद छुट र उपहार प्रदान गर्ने योजना रहेको बताएका छन्।

कमेन्ट लोड गर्नुस