सुदूर नेपाललाई विश्वसँग जोड्दै

अस्तव्यस्त बाजुरा सदरमुकाम मार्तडी

२०७६ साउन १६, ०३:५२ प्रकाश सिंह

बाजुरा जिल्लाको सदरमुकाम मार्तडी बजार  अस्तव्यस्त बन्दै गएको छ। निर्माणाधिन अवस्थामा रहेको सडकको काम अलपत्र पर्दा बजार नै अस्तव्यस्त बनेको हो। बडिमालिका नगरपालिकाले निर्माण गरिरहेको डिभिजन वन कार्यालय देखि स्वास्थ्य कार्यालय सम्मको एक सय ७० मिटर सडक निर्माणमा ढिलाई हुँदा पानी पर्ने बेला सडक हिलाम्मे बन्दा आवातजावतमा सास्ती खेप्नुपरेको गुनासो गरिएको छ।

हिलोका कारण सबैभन्दा बढि विद्यार्थी, बृद्धबृद्धा, अपाङ्गता भएका व्यक्ति समस्यामा परेका छन्। निर्माण व्यवसायीले समयमै काम नगर्दा सास्ती भइरहेको आसपासका व्यवसायीहरुको पनि गुनासो रहेको छ। वर्षातको समय भएकाले पानी परेर हिलो भएको सडकमै सवारी साधन गुड्न थालेपछि थप हिलो हुँदा सास्ती खेप्नुपरेको स्थानीय व्यापारी रोशन श्रेष्ठले वताएका छन्।

“नगरपालिकाले छिटो सडक बनाउने भनी मुआव्जा दिदै धमाधम घर भत्काउन लगायो तर अहिले भने निर्माणमा ढिलाई गरिएको छ। ” उनले भने। हिलाम्मे सडकको मारमा सदरमुका बासी मात्र नभई विभिन्न स्थानबाट उपचारका लागि आउनेहरुले पनि समस्या हुने गरेको जनाएका छन्।

हिलोका कारण बिरामीलाई स्टेचरमा राखेर अस्पताल सम्म पु¥याउन पनि समस्या भएको जिल्ला अस्पताल बाजुराका प्रमुख डा. रुपचन्द्र बिश्वकर्माले वताए। सुुरुका दिनमा नगरपालिकाले सो सडक निर्माणलाई तिव्रता दिएपनि पछिल्लो समय खासै ध्यान नदिएको आरोप पनि लागेको छ। उक्त सडक निर्माणमा ढिलाई भएपछि जिल्ला स्वास्थ्य कार्यलय र जिल्ला प्रशासन कार्यालयको भवन निर्माणको काम पनि प्रभावित भएको दावी गरिएको छ। 

प्रकास सिह दिनेश खवरका बाजुरा संवाददाता हुन्।

कमेन्ट लोड गर्नुस