सुदूर नेपाललाई विश्वसँग जोड्दै

शुक्लाफाँटाबाट १० जना जुवाडे पक्राउ

२०८२ असोज २९, ०७:४८ खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरको शुक्लाफाँटाबाट १० जना जुवाडे पक्राउ परेका छन्। शुक्लाफाँटा नगरपालिका ११ कलुवापुरमा रहेको बिरबहादुर बिष्टको किराना पसलमा जुवातास खेलिरहेका १० जनालाई इलाका प्रहरी कार्यालय झलारीबाट खटिएको प्रहरी टोलिले मंगलवार राति ११ः ४५ बजे पक्राउ गरेको हो।

पसलमा जुवातास भईरहेको छ भन्ने गोप्य सूूचनाको आधारमा चेकजाँच गर्दा उक्त किराना पसल भित्र जुवातास खेलिरहेको अवस्थामा १० जनालाइ नियन्त्रणमा लिई उनीहरुको साथबाट ४ गड्डी तास र नगद ६३ हजार पाच सय रुपैयासमेत बरामद गरेको प्रहरीलृ जनाएको छ। 

कमेन्ट लोड गर्नुस