सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुनको मूल्य तोलाको दुई लाख ४८ हजार ५०० पुग्यो

२०८२ असोज २८, ०१:४६ रासस

काठमाडौँः स्थानीय बजारमा सुन र चाँदीको मूल्य हालसम्मकै उच्च कायम भएको छ।आज सुन प्रतितोला दुई लाख ४८ हजार ५०० र चाँदी प्रतितोला तीन हजार ३२५ मा खरिदबिक्री हुने नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। हिजो सोमबार सुन प्रतितोला दुई लाख ४० हजार ४०० र चाँदी प्रतितोला तीन हजार २२० मा किनबेच भएको थियो।अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔंस चार हजार १२५ अमेरिकी डलर हाराहारीमा कारोबार भईरहेको छ।

कमेन्ट लोड गर्नुस