सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा नगदसहित ९ जना जुवा पक्राउ

२०८२ असोज २८, ०९:१० खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरमा नगदसहित ९ जना जुवा पक्राउ परेका छन्।

कञ्चनपुर बेदकोट नगरपालिका ९ कोल्डस्टोर स्थित बिकास बमले संचालन गरेको अम्बै कटेजमा जुवातास खेलि खेलाइ रहेको भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट  खटिएको प्रहरी टोलीले ९ जनालाई पक्राउ गरेको हो। उनीहरुलाई नगद १ लाख ६९ हजार ९३५ रुपैँयासहित नियन्त्रणमा लिइ अनुसन्धान भैरहेको कञ्चनपुर प्रहरीले जनाएको छ। 

कमेन्ट लोड गर्नुस